नेकपा सचिवालय बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक निष्कर्षविहीन रूपमा टुंंगिएकाे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठक करिब ३ घण्टाकाे छलफलपछि पनि निष्कर्ष विहीन टुंगिएको हाेे ।बैठक वैशाख २० गते फेरि बस्ने छलफल सकिएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यादेश र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर पार्टीभित्रै सरकार परिवर्तनको खेल समेत भइरहेको बेला त्यसबारे छलफल गर्न नेकपा सचिवालय बसेको हो।बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी हुनुहुन्थ्यो ।