बलिउड अभिनेता सलमान र साहरुख खानले लेखे मन छुने ट्वीट

काठमाडौं, १७ वैशाख। बलिउड अभिनेता इरफान खानको आज साझँ नै अन्त्येष्टि गरिएको छ। उनको आज साझँ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो। इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो।

उनको निधनले अहिले बलिउड नै शोकमा डुबेको छ। उनको निधनको खबरले धेरै बलिउड कलाकार दुखी भएका छन्। सामाजिक सञ्जालभर उनको निधनमा दुख व्यक्त गरिएको छ। उनको निधनले बलिउड स्टार सलमान खान पनि दुखी भएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् इरफानको निधनमा दुख व्यक्त गरेका हुन्। उनले इरफानको निधनले सबैका लागि ठूलो क्षति भएको बताएका छन्। त्यस्तै साहरुखले पनि उनी सानदार अभिनेता रहेको र उनको आत्माले शान्ति पाओस् भनेका छन्। उनले भनेका छन् , ‘मेरो साथी, प्रेरक तथा हाम्रो समयका शानदार अभिनेता । अल्लाहले तिम्रो आत्मालाई शान्ति देओस् इरफान भाइ।’