क्वारेन्टाइनमा बसिरहेकै बेला पत्नीको सलमा झुण्डिएर आत्महत्या

उदयपुर । रौतामाई गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवाले पत्नीको सलमा झुण्डिएर आत्महत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ गुराँसेका १८ वर्षीय सुमन बि क पत्नीको सलमा झुण्डिएका हुन् ।

मंसिरमा प्रेम विवाह गरेर माघमा काठमाडौं पुगेका बिक दम्पतीलाई लकडाउनको समय फर्किएपछि क्वारेन्टाइनमा राख्नु हो । उनीहरुलाई वैशाख ११ गतेदेखि राजाबासस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा उनीहरु एउटै कोठामा बस्थे ।

सुमन बिहीबार राति पत्नीको सलमा झुण्डिएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सुमन पत्नी निदाइरहेकै बेला झुण्डिएका हुन् । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।