ट्रम्पले भने- ‘किम जोङ उन स्वस्थ्य भएको र फेरि काममा फर्किएको देख्दा खुसी छु’

काठमाडौं, २१ बैशाख । केहि दिन अघिसम्म उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उन कोमामा रहेकोदेखि मृत्यु भएकाे सम्मका समाचारहरु आएका थिए ।

आफ्ना हजुरबाबुको जन्मोत्सवमा उपस्तिथत नभएपछि किमजोङ गम्भीर बिरामी परेको भन्ने विभिन्न अड्कलबाजीहरु गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले समाचारहरु छापेका थिए ।

विशेषगरी किमको स्वास्थ्य अवस्था गम्भीर भएको भन्ने समाचार सबैभन्दा पहिले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले लेखेको थियो । त्यसयता हङ्कङको एक लोकप्रिय टेलिभिजनले उच्चस्रोतबाट जानकारी प्राप्त भएको भएको किमजोङको मृत्यु भएको भनेरै खबर प्रशारण गरेको थियो ।

तर २० दिनपछि शनिबार हिजो उत्तर कोरियाली नेता किम जोङ सार्वजनिक कार्यक्रममा देखिए पछि उनको सम्बन्धमा आएका समाचारहरुको आंकलन विफल भएको छ ।

शनिबार एक सार्वजनिक समारोहमा रिवन काट्दै गरेको फोटो प्रकाशन भएपछि धेरैको किम जीउदै नरहेको वा नरहेको भन्ने बारेमा द्विधाको अन्त्य भएको छ । उनी सार्वजनीक कार्यक्रममा उपस्थित भएपछि अर्को शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जाेङ उन जीवित रहेकाे र पुष्टि गरेका छन् ।

ट्रम्पले ट्विट गर्दै किम फेरि काममा फर्किएको भन्दै खुशि व्यक्तसमेत गरेका छन् । किमले उद्योग उद्घाटन गरेको भन्दै दाबी गरिएका तस्वीरलाई रिट्विट गर्दै आफ्नो खुसी व्यक्त गरेका छन् । उनले ट्विटमा भनेका छन् । ‘म, कम्तिमा पनि म, उनी स्वस्थ्य भएको र फेरि फर्किएको देख्दा खुसी छु ।’