गलत प्रवृत्तिको हार र पार्टीको जित भयो : शंकर पोखरेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबारको सचिवालय निर्णय पार्टीका लागि जित भएको बताएका छन्। आइतबार समाजिक सञ्जाल फेसबुकमा पोखरेलले गलत प्रवृत्तिको हार भएको र पार्टीको जित भएको लेखेका छन्।

‘हिजोको सचिवालयको निर्णय कसैको जित वा कसैको हार होइन,’ उनले लेखेका छन्, ‘यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो। सबैलाई बधाई। यात्रा जारी छ।’नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएपछि नेता पोखरेल नेताहरुलाई मिलाउन सक्रिय भएका थिए।