त्रिशुलीमा ३० किलोको माछा भेटियो

धादिङ । धादिङ स्यादुलका ३९ वर्षीय रामकुमार चेपाङ ४ वर्षको उमेरदेखी माछा मार्न आफ्ना बाबुका साथ त्रिशुली नदी जाने गर्दथे । विगतमा बाबुसँग माछा मार्न जाँदा बिगतमा दिनानु दिन त्रिशुली नदिमा प्रशस्त मात्रामा माछा भेटिने गरेको उनको अनुभव छ । बाबुछोरा भएर एक दिनमा झण्डै न्युनतम ३ देखि १० केजी सम्म जाल मार्फत् साना माछा मार्ने गरेको र २÷३ दिनमा बल्छीमा समेत नियमित रुपमा ७० केजी सम्मको ठुला माछा पारेको अझै झलझली याद आईरहन्छ ।

दिनभर नदिमा माछा मारेर कहिले गाँउघरमा त कहिले मलेखु बजारमा बिक्रि गरेर उनी घर खर्च चलाउथे । चैत महिनाको गर्मी यामदेखी जेठ महिना सम्म उनीहरु माछा मार्नकै लागि त्रिशुली नदी किनारामै समय बिताउँथे । अहिले तिनै रामकुमार चेपाङ ३९ बर्षका भए तरपनी रामकुमारको पेशा भने फेरियको छैन ।

रामकुमारको बाबुको मृत्यु भैसक्यो तर रामकुमार चेपाङ कहिले श्रीमती त कहिले छोराका साथ त्यसैगरी माछा मार्नकै लागि त्रिसुली नदि किनारामै जान भने छाडेकै छैनन् । पछिल्लो समय कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण त्रिसुली नदि आसपासका क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे बन्द हुँदा नदि संग्लीयको देखेपछि रामकुमार चेपाङ छोराका साथ माछा पाईने आसमा फेरी त्रिसुली नदिमा आए । तर लकडाउनका कारण संग्लीयको नदि बर्षातका कारण फेरी धमिलियो ।

बर्षतले धमिलियको नदिमा पाछा पाईने आशामा बिगत १ महिनाअघीदेखी धादिङको सिद्धलेक गाँउपालिका वडा नं.४ आरुबासटार स्थित् त्रिशुली नदीमा पानीको गहिरो ताल हेरेर १० थान बल्छी थापेर बसे । दिनभरी जाल खेल्ने र रातभरी सोहि जालमा परेको साना माछा ठुला माछालाई आहारा राखेर ठुलो बल्छी क्रमशः थापीरहको चेपाङ बताउछन् ।

एक महिना अघिदेखि चेपाङले बल्छि थापेपनि माछा परेको थिएन । माछा परे नपरेको संकेत पाउन चेपाङले खाना खाने थालमा ससाना ढुङ्गा राखेर जागाराम बसीरहे ।

सोहि क्रममा रामकुमार चेपाङले एक महिना अघीदेखी थापेको एक बल्छीमा शुक्रबार राती अन्दाजी २ बजे माछा परेको संकेत पाए । बल्छी तान्न चेपाङले रातभर मिहेनेत गरे तर गहिरो तालका कारण र दलदले भएका कारण उनलाई बल्छी तान्न र माछा निकाल्न हम्मे हम्मे प¥यो ।

बल्छी तान्न र माछा निकाल्न रामकुमारको बाबु छोरालाई हम्मे हम्मे परेपछि शनिबार एका बिहानै स्थानियको सहयोगमा माछा निकालेर जोख्दा ३० किलो तौल रहेको गोँच प्रजातीको ठुलो माछा प¥यो चेपाङले बताए । यसअघि ७० किलोसम्मका माछा पार्ने गरेको चेपाङले बताए । क्रसर उद्योग र बालुवा धुने मेसिनका कारण जालमा र बल्छीमा माछा पर्न छाडेको उनले बताए । नदि धमिलिएको बेला माछा पाउन समेत मुस्किल हुने चेपाङ बताउँछन् ।

“करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट भयो ।, पहिले सानातिना खोलामा पनि जताततै प्रशस्त माछा देख्न पाईन्थ्यो, तर अहिले सामान्य रुपमा मात्रै भेटिन्छन् ।” चेपाङले बताए । नदि अत्यधिक धमिलो भएकै कारण अहिले अक्कल झुक्कल बाहेक प्रायप्त मात्रामा माछा पाइनै छाडेको रामकुमारले बताए ।त्रिसुली नदिको माछा निक्कै स्वादिलो हुन्छ । त्रिसुली नदिमा कत्ले, काँडे, जलकपुर रघु, असला, ठेड,बाम् गोचं, शहर लगायत थुप्रै प्रजातीको माछा पाईन्छ ।

त्रिसुली नदिमा बल्छी, माहा जाल, आँखी जाल, तियारी जाल, घम्का खात, ढडियाँ बनाएर माछा मार्ने चलन छ । बिगत देखीनै धादिङको मलेखु बजार त्रिसुली नदिको लोकल माछाको रुपमा प्रचलित छ । त्यसैले अहिले त्रिसुली नदिको लोकल माछाको बजारमा अत्यधिक माग समेत छ । तर त्रिसुली नदि अत्यधिक धमिलो भएकै कारण माछा पाइनै छाडेको छ ।खेल्ने र ढँडिया राख्ने चलन समेत हराउदै जान थालेको छ । दैनिकनेपालबाट