राष्ट्रपतिले बोलाइन् संघीय संसदको अधिवेशन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्‍वान गरेकी छन्। आइतवार बसकेो मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि संसद बैठक आह्‍वान गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्‍वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।