नयाँ दिल्ली, बीबीसी । नोभेल को;रोना भाइ’रसको सं’क्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका क्रममा देशका विभिन्न स्थानमा मदिराका पसलहरु समेत बन्द गरिएका थिए । उक्त पसलहरु विस्तारै खुल्न थालेका छन्। म’दिरा का पसलहरु खुलेसँगै म’दिरा किन्नेको लामो लाइन लागेको छ । यसअघि दिल्ली राज्य सरकारले एक आदेश जारी गर्दै बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म म’दिराका पसलहरु खोल्न अनुमति दिएको थियो ।
दिल्लीको देशबन्धु गुप्ता रोडा म’दिराको पसलहरु खुलेसँगै मदिरा खरिद गर्नेको लाइन एक किलोमिटर भन्दा लामो लागेको एएनआईले जनाएको छ । त्यसै गरी दिल्लीको काश्मीरी गेटमा मदिरा खरिदका लागि लागेको लाइनमा सोसल डिस्टेन्सिङ्को नियम उल्लंघन गरेको भन्दै प्रहरीले लाठिचार्जसमेत गरेको थियो । राजधानी दिल्लीबाहेक छत्तीसगढमा पनि म’दिराका पसलहरु खुलेसँगै पसलबाहिर मानिसहरुको ठूलो भीड देखिएको थियो ।
कर्नाटक र आन्ध्र प्रदेशमा पनि मदि’राका पसलहरु खुले सँगै लामो लाइन लागेको थियो । मदि’राका पसलहरु खुलेसँगै लामो लाइन लाग्ने पूर्वानुमान भए पनि यसका लागि राज्य सरकार र प्रशासनले कुनै विकल्पका बारेमा नसोचेको बताइएको छ । भारतमा फेरि दुई हप्ता लकडाउन थपिएको छ भने ४० हजारभन्दा बढी को;रोना संक्रमित छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्