कोरोनाबाट अमेरिकामा १ लाखको मृत्यु हुनसक्छ : ट्रम्प

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ महामारीबाट १ लाख मानिसको मृत्यु हुनसक्ने बताएका छन् ।ट्रम्पले यसअघि शुक्रबार मात्रै १ लाख भन्दा थोरैको मृत्यु हुने बताएका थिए । हालसम्म अमेरिकामा कोभिड १९ का कारण ६७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । ११ लाख भन्दा धेरै संक्रमित छन् ।

तर राष्ट्रपति ट्रम्पले खोप यस वर्षको अन्त्यसम्म विकास हुनेमा आफू ढुक्क रहेको बताएका छन् । ट्रम्पले आइतबार कोरोना महामारीबारे भिडिओ सन्देश मार्फत यस्तो बताएका हुन् । यस क्रममा उनले भाइरस चिनियाँ प्रयोगशालामा उत्पत्ति भएको पहिले झैँ दोहोर्याएका थिए । साथै महामारीको जिम्मेवार चीन नै भएको बारम्बार उनले जिकिर गरेका छन् ।