प्रधानमन्त्री ओलीको आलोचना गरेकोमा बाबुराम भट्टराई विरुद्ध जाहेरी

काठमाडौं : पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराई वि’रुद्ध सा’इबर क्रा’इम गरेको अभियोग सहित सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा जा’हेरी दर्ता भएको छ । उनले गत सोमबार रेडियो नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ भनेर सामाजिक प्रतिष्ठा र इज्जतमा धक्का पुर्‍याएको दाबीसहित जाहेरी दर्ता भएको हो।

महानगरीय प्रहरी परिसरले जा’हेरी दर्तागर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलकहाँ जाहेरी दर्ता भएको हो। भट्टराईले सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओली लक्षित टिप्पणी ‘भष्मासुर प्रवृत्ति अन्त्य गरौं ‘भन्दै बेइज्जत गरेको दाबी जा’हेरीमा छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसैबीच, पूर्वमन्त्री महेश बस्नेत, नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनाल वि’रुद्ध सांसद डा.सुरेन्द्र यादवले अ’पह’रण तथा शरीर ब’न्धकको जा’हेरी परेको छ। उक्त जाहेरी पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मा सोमबारै दर्ता भएको हो। समाजवादी पार्टीका सांसद यादवले तीनै जनाको मिलेमतोमा आफुलाई महोत्तरीबाट ब’न्धक बनाएर काठमाडौं ल्याइएको जा’हेरीमा दा’बी गरेका थिए।