नेपालगञ्जको त्रिभुवन चोक तनावग्रस्तः प्रहरीमाथि ढुङ्गामुढा, गाडिमा तोडफोड

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गा मुढा गरेका छन् । केहीबेर अघि त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोड फोड गरिदिएका छन् ।अहिले त्रिवेणी मोड तना व ग्रस्त बनेको छ यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

यो समाचार पनि पढ्नुहोस्
नेपालगञ्‍ज। २१ वैशाख एकैदिन १५ जना संक्रमित भेटपछि जोखिमप्रति सतर्कता अपनाउँदै बाँकेको नेपालगञ्‍जमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ।हिजो बसेको जिल्ला सुरक्षा समिति र सरोकारवालाको बैठकपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले निषेधाज्ञा जारी गरेका हुन्।निषेधाज्ञा बिहान ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म हुनेगरी लगातार तीन दिनका लागि जारी गरिएको हो।

रानीतलाउमा रहेको सब्जीमण्डी र बीपीचोकस्थित् नेपालगञ्‍ज मेडिकल कजेलसँगैको सब्जी मण्डी बन्द गर्ने निर्णय गरिएको छ।निषेधाज्ञासँगै सम्भावित संक्रमितहरूको कोभिड-१९ परीक्षणको दायरा बढाउने नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले बताइन्। उनले नगरवासीलाई निषेधाज्ञा पालनाका लागि लिखित अपील गरिसकेको बताएकी छन्। नेपालगञ्‍जमा जम्मा १६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।