एसईईको प्रमाणपत्र आन्तरिक मूल्यांकनबाटै दिऊँ

काठमाडौं : निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले कोरोना भाइरसको महामारीका कारण माध्यामिक शिक्षा परीक्षा (एसइई) सम्भव नभएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र वितरण गर्न सरकारलाई सुझाव दिएको छ।

प्याब्सनले २०७६ सालको परीक्षामा सम्मिलत हुने विद्यार्थीहरुका लागि मात्र लागू हुने गरी विद्यलायहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेट शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको हो ।

प्याब्सनले यस विषयमा हिजो शिक्षा मन्त्रालयलाई पनि सुझाव दिइसकेको सह-अध्यक्ष डिके ढुंगानाले जानकारी दिए। यसबारे कुनै कानूनी बाधा अड्चन भए हटाई आन्तरिक मूल्याङ्‍कनका आधारमा प्रमाणपत्र दिनुपर्ने सुझाव आफूहरुले सरकारलाई दिएको ढुंगानाले बताए।

विश्‍वका प्रख्यात विश्वविद्यालय तथा विद्यालयका परीक्षा बोर्डलेसमेत यस्तै नीति लिएकाले नेपाल सरकारले पनि विद्यार्थीहरुलाई यही आधारमा प्रमाण पत्र प्रदान गर्दा उपयुक्त हुने प्याब्सनको सुझाव छ ।

कोरोनाको संकट बढेपछि चैत अन्तिममा हुन लागेको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो। यो पटकको परीक्षामा ४ लाख ८२ हजार विद्यार्थी सहभागी थिए। देशभर १९९५ केन्द्र तोकिएको अवस्थामा परीक्षा अन्तिम समयमा स्थगित गरिएको थियो।