माधव नेपालले आफ्नो निर्वाचन क्षेत्रमा बाढे पीपीई र स्वास्थ्य सामग्री

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहहरुलाई पीपीई लगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

मंगलबार उनी आफैं अधिकांश स्थानीय तहहरुमा पुगेर पीपीई लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।उनले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट पीपीई लगायतका स्वास्थ्य सामग्री संकलन गरेर आफ्नो स्थानीय तहका प्रतिनिधीहरुलाई वितरण गरेका हुन्।