मन्त्री कुसियैतद्वारा हरिनगर गाउपालिकमा पनि राहातमा साढे १० टन चामल हस्तान्तरण

२०७७ बैशाख २३ गते । उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले हरिनगर गाउँपालिकालाई राहतमा चामल हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरिखानेहरुलाई खानाको लागी अवाब भइरहेको बेला राहत स्वरूप हरिनगर गाउपालिकलाई राहातमा साढे १० टन चामल हस्तान्तरण गर्नुभएको हो।

प्रत्यक वडा-वडालाइ हस्तान्तरण गर्ने योजना भएता पनि मौसमको खराबीको कारण गाउपालिका अध्यक्षलाइ हस्तान्तरण गर्नु भएको थियो । हरिनगर गाउँपालिकाको ७ वटै वडालाई १५ सय केजिको दरले १०० जनालाई १५ केजी पुग्ने राहत वितरण भएको थियो । यस संगै मन्त्री कुसियेतले ३३ वडामा राहत वितरण गरिसक्नु भएको छ।राहत वितरण कार्यक्रममा मन्त्री कुसियैतले आफ्नो १२ महिनाको भत्ता,सुबिधा कटौती गरि जम्मा गरेर राहात वितरणमा जुट्नु भएको हो ।यस अघि  हरिनगर गाउँपालिकामा राहत पाएका केहि विपन्न परिवारले उपयुक्त चामल वितरण नगरेको भन्दै राहतमा पाएको चामल फिर्ता गरिरहेको बेला मन्त्रि कुसियैतद्धारा गाउँपालिकालाई साढे दश टन चामल उपलब्ध गराइएको छ । गाउपालिकाले बाढेको राहत चामल पलाष्टिकको भन्दै स्थानियले पालिका घेराउ समेत गरेका थिए । यस संगै स्थानीयहरु गाउपलिका अध्यक्ष गफार अन्सारी रुस्टसंग छन् । यसै बीच मन्त्री कुसियेतले साढे १० टन (१०,५०० केजी) चामल गाउपालिका अध्यक्षलाइ हस्तातरण गर्दै प्रत्त्येक गरिब दुखीको घर घरमा गएर वितरण गर्न अध्यक्षलाइ निर्देशन दिएका थिए ।