काठमाडौमा कोरोना संक्रमण निको भएका एक जनामा पुनः संक्रमण

काठमाडौं । काठमाडौमा कोरोना संक्रमण निको भएका एक जनामा पुनः संक्रमण भएको देखिएकाे छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ५१ वर्षीय पुरुषमा कोरोना मुक्त भएर पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएकाे एक सातापछि परीक्षण गर्दा पुनः संक्रमण देखिएकाे हाे ।

उनीमा फेरि संक्रमण पाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । वैशाख २ गते सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमण निकाे भइसकेका ३ जनामा पुनः संक्रमण देखिएकाे जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।