मार्क्सवादकाे रक्षा, प्रयोग र विकास गरौं : प्रचण्ड

काठमाडौं, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्ल माक्र्सको २०२ औं जन्म दिवसको अवसरमा शुुभकामना व्यक्त गरेका छन्। प्रचण्डले कार्ल माक्र्सको जन्म दिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

कार्ल माक्र्सलाई एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको प्रचण्डले बताएका छन्। उनले महान् दार्शनिक कार्ल मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रुपमा स्मरण समेत गरे।

२१ औं शताब्दीमा मार्क्सवादकाे रक्षा, प्रयोग र विकासका लागि बिचारको विकास गर्न आवश्यक भएकोमा जोड दिएका छन्। विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गरी खाने श्रमजीवि जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरे।