कोरोना भाइरसको संक्रमणबाट बेलायतमा इटालीकाे भन्दा बढी मृत्यु

काठमाडौं, २४ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा २ लाख ५८ हजार ३४२ जनाको ज्यान गइसकेको अवस्था छ ।यसको संक्रमण केही मुलुकमा घट्दै गएपनि अमेरिका, स्पेन, इटाली, बेलायत र फ्रान्समा भने तीव्ररुपमा बढिरहेको छ । जसमा सबैभन्दा बढी अमेरिकामा ७२ हजार २७१ जनाको ज्यान गएको छ । उता स्पेनमा पनि कोरोना भाइरसको संक्रमणका कारण २५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो समय बराबरी ज्यान लिएको कोरोनाले इटाली र बेलायतमा बुधबारसम्ममा भने इटालीको भन्दा धेरै ज्यान गएको छ । बधुबार सम्ममा इटालीमा २९ हजार ३ सय १५ जनाको ज्यान गएको छ भने बेलायतमा २९ हजार ४ सय २७ जनाको ज्यान गइसकेको छ । यो तथ्याङ्क अनुसार बेलायतमा मृत्यु हुनेको संख्या इटालीको भन्दा ११२ धेरै हो ।