बाबुराम भट्टराईले मागे माफी

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग क्षमायाचना गर्नुभएकाे छ । कोरोना महामारीका कारण लागू गरिएको लकडाउनले गर्दा गोरखाली जनतासामू पुग्न नपाएकाे भान्दै ‘अत्यन्त दु:खित र क्षमाप्रार्थी’ भएकाे उहाँले बताउनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता भट्टराईले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा प्रत्येक महिना कम्तिमा एकपटक गृहजिल्ला गोरखा पुग्ने वाचा गर्नुभएकाे थियाे । तर योपटक भने कोरोना महामारीका कारण जिल्ला पुग्न नपाएकोमा दुःख व्यक्त गर्दै उहाँले गोरखाली जनतासमक्ष क्षमायाचना गर्नुभएकाे हाे ।

उहाँले लकडाउन सकिने वित्तिक्कै जिल्ला आउने प्रतिबद्धता समेत गरेका गर्नुभएकाे छ । त्यस्तै, नेता भट्टराईले यही बैशाख २६ गतेबाट सुरु हुने बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रका विषयबस्तु उठान गर्ने भएकोले त्यसका लागि सुझाव पठाउन समेत आग्रह गर्नुभएकाे छ ।

गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसँगग विनम्र अनुरोध:

१. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ!

परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु। यो मैले नचाहेर हैन परन्तु कोरोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो! यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।

२.यही बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदैछ र जेठ १५ गते संविधान अनुसार देशको बार्षिक बजेट प्रस्तुत हुँदैछ। यस अधिवेशनमा मैले उठाउनुपर्ने जिल्ला र निर्वाचन क्षेत्रका बिषयवस्तु र बजेट निर्माणकानिम्ति सुझाव यही बैशाख मसान्तसम्म निम्न ठेगानामा पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु: (क) email: [email protected] Viber/WhatsApp: 9808213630 (ख) रोशन पोखरेल (निजी सचिवालय ) फोन/Viber/WhatsApp: 9851102883 धन्यवाद !