२५६४ औं बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर सिंगारियो

कपिलवस्तु, २४ बैशाख । भोलि बैशाख २५ गते मनाइने बुद्धजयन्तीका लागि मायादेवी मन्दिर सिंगारिएको छ । मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ । त्यसैगरि मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ ।

लुम्बिनी विकास कोषको बैठकले विहार, मोनाष्ट्री र गुम्बाका १०/१५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिने लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले जानकारी दिनुभयो ।

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कार्यक्रम रहेको रहेको विकास कोषले जनाएको छ ।यसैबीच २५६४ औ बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई २ हजार थान मास्क प्रदान गरेको छ ।

कोरोना भाइरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्न लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक एक हजार मास्क प्रदान गरिएको हो । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक दीप शमसेर जबरा र सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन अर्याललाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाइरसका कारण यस बर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्रा्िष्ट्रय बौद्ध सम्मेलन स्थगित गरिएको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा अग्रपंतिmमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी मास्क प्रदान गरिएको कोषका सदस्य ज्ञवालीले बताउनुभयो ।

कोषले रुपन्देही र नवलपरासीमा गरी थप ६ हजार मास्क बितरण गर्ने तयारी गरेको छ । प्रहरी उपरीक्षक जबराले कपिलवस्तुको सुरक्षाकर्मीलाई समेत मास्क दिएकोमा कोषलाई धन्यबाद दिदै फिल्डमा खटिने प्रहरीलाई अब केही सजिलो हुने बताउनुभयो ।

बिहीवार लुम्बिनीको मायदेबी मन्दिरमा कोषका सदस्य , भिक्षुहरुको सीमित टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ ।यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको ज्ञवालीले बताउनुभयो ।