चन्द्रागिरीमा बस्तीभित्र छिर्न खोजेको चितुवा मारियो

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बुधबार गाउँभित्र छिरेको चितुवालाई स्थानीयले लखेटेर मारेका छन्।यद्यपि गाउँलेले लखेट्दा जंगलको रुखमा ठोक्किएर चितुवा मरेको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त श्रेष्ठले दाबी गरे।

उनका अनुसार चन्द्रागिरी-६ मा अपरान्ह चितुवा बस्तीमा छिरेर मान्छेलाई आक्रमण गर्ने प्रयास गरेपछि त्यसलाई लखेटिएको थियो। उपत्यकाका चन्द्रागिरी, कीर्तिपुरलगायत जंगल भएका क्षेत्रमा पछिल्लो समय चितुवाको आतङ्क बढेको छ। कीर्तिपुरको त्रिभुवन विश्वविधालयलगायत क्षेत्रमा पनि चितुवाहरु देखिन थालेका छन्।