ओमानमा लकडाउन थपिएसँगै नेपाली दुतावासले कमदारकाे विवरण संकलन थाल्यो

काठमाडौं, २५ बैशाख । ओमान सरकारले आफ्नो मुलुकमा लकडाउन थप गरेसँगै नेपालीहरुलाई समस्या परेको छ ।ओमान सरकारले बुधबार गरेको निर्णय अनुसार मे २९ सम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रममितको संख्या बढेसँगै लकडाउन थपिएको ओमानमा सरकारले जनाएको छ ।

लकडाउन सँगै बैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपाली कामदारहरुलाई भने समस्या पर्ने भएकाले त्यहाँको नेपाली दुतावासले नेपाली कामदारको तथ्याङ्क संकलन सुरु गरेको छ । यसैबीच ओमानस्थित नेपाली दुतावासले सबै कादारहरुलाई अनलाइनबाट आफ्नो विवरण भर्न अनुरोध गरेको छ ।

आफ्नो विवरण भर्न ओमानस्थित नेपाली दुतावासले दूतावासको ह्वाट्स्एप नम्बर ७१५९२४९०, टेलिफोन २४६९६१७७,२४६९, ८८३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।त्यस्तैगरी हटलाइन नम्बर ७१५९२४९०, ७१५३०८४० मा फोन गरेर पनि आफ्नो समस्या बताउन सक्ने व्यावस्था गरेको छ ।