‘लकडाउन’ मा यसरी गरौँ मोटरसाइकलको हेरचाह

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि एक हप्ताको लागि गरेको लकडाउन बढिरहेको छ ।दोस्रो पटक २५ गते खुल्ने गरी लकडाउन लम्बियो तर कोरोनाको सङ्क्रमण र जोखिम दिनानुदिन बढ्दै गएपछि फेरि जेठ ५ गतेसम्म लकडाउन लम्बिएको छ ।

अहिले देशभर अत्यावश्यकबाहेक सार्वजनिक र व्यक्तिगत गाडी चलेका छैनन् । लामो समयसम्म नचलाइ राख्दा गाडी, मोटरसाइकलमा समस्या आउन सक्छ । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्छ ।
मोटरसाइकल लामो समय नचलाइ ध्यान दिनुपर्ने कुराहरु

लामो समय रोकेर राख्नुपर्ने हुनाले सुरक्षित स्थानमा पार्किङ गर्ने र सकेसम्म छोपेर राख्ने, ह्यण्डल, सेफ्टी लक लगाउने, मोटरसाइकललाई २/३ दिनको फरकमा १५–२५ मिनेटका लागि स्टार्ट गर्ने , २/३ दिनमा थोरै चलाउन मिल्छ भने चलाउने, यसले ब्याट्री चार्ज हुन र आवश्यक पार्टपुजामा ओयलिङको लागि मद्दत गर्छ

लामो समय रोकेर राख्दा डबल स्टाण्डमा राख्ने, यसले गर्दा मोटरसाइकल लड्ने सम्भावना कम हुन्छ, लामो समयका लागि नचलाइ राख्दा ब्याट्रीमा समस्या आउने हुँदा ब्याट्रीको कनेक्सन छुटाएर राख्ने , बेलाबेलामा सफा गरिराख्ने , चेन, क्लच, ब्रेक, तारलगायतका पार्टपुर्जामा ग्रिजिङ गरिराख्ने, टायरको अवस्था र त्यसमा भएको हावाको मात्राको बारेमा बुझ्ने