संक्रमण व्यवस्थापनमा चुके पुनः लकडाउनमा फर्कनु पर्ने डब्ल्युएचओको चेतावनी

काठमाडौं, २५ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध गरेका हुन्।

विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने घोषणा गरिरहेका बेला उनले कोभिड–१९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनीसमेत दिए ।

महासचिव टेड्रोसले महामारीले विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार भनेको राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य अवस्था रहेको समेत बताए । उनले अहिलेको ट्रेन्डले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने बताए ।