स्पेनमा आइतवारदेखि अझै दुई हप्ता लकडाउन थपिने

एजेन्सी, २५ वैशाख । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या घटेको केही दिनमा फेरि बढेपछि आइतवारदेखि दुई हप्ताका लागि लकडाउन थपिने भएको छ ।

लकडाउनले मानिसहरुलाई घरबाहिर निस्कनबाट नियन्त्रण गर्न सहज हुने र कोरोना रोकथामका लागि सहयोग पुग्ने विश्वास स्पेनको सरकारको छ । नाजुक गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजले बुधवार यो कदमलाई अनुमोदन गरेका हुन्।

आइतबार थपिने स्पेनको दुई हप्ता लकडाउन मे २४ मा समाप्त हुनेछ । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा २५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २ लाख ५३ हजार ६ सय ६८ जना संक्रमित छन् । मार्च १४ बाट स्पेन लकडाउनमा छ । जुन शनिबार मध्यरातमा समाप्त हुने छ।