नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं : प्रवक्ता श्रेष्ठ

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई फुट र विसर्जनको बाटोबाट जोगाउन अपील गरेका छन्।नेकपाको स्थायी कमिटी बैठक बिहीबार बस्ने भनिए पनि अन्ततः अनिश्चित बनेका बेला श्रेष्ठले सूक्ष्म ब्लगिङ सेवा ट्वीटरबाट यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतरावाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं।’

श्रेष्ठले यसका लागि आआफ्नो ठाँउबाट भूमिका खेल्न र योगदान गर्न आह्वान गरेका छन्। ‘पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्। निजी स्वार्थ त्यागौं,यो काम पुरा गरौं,’ उनले लेखेका छन्।