कोरोना जितेर सेती अस्पतालबाट मुस्कुराउदै घर फर्किइन यी महिला

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी-५ की कोरोना संक्रमित महिला उपचारपछि आज घर फर्किएकी छन्।अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले उनको पछिल्लो दुई रिपोर्ट २४ घण्टाभित्र लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए।

यसअघि उनको देवरमा कोरोना संक्रमण देखिएको थियो। उनी दुबईबाट आएका थिए। कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी यसअघि डिस्चार्ज भइसकेका छन्। उनीमार्फत् नै ती महिलालाई पनि संक्रमण भएको थियो।