नेकपामा ओलीको विकल्प छैन भन्नु गलत : भीम रावल

काठमाडौं,वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले नेकपामा केपी ओलीको विकल्प छैन भन्नु गलत भएको बताएका छन्। नेता रावलले जनता जान्न चाहन्छन् कार्यक्रममार्फत् नेकपामा केपी ओलीको विकल्प छैन भन्नु गलत भएको भन्दै कडा आपत्ति जनाएका थिए।

आजको दिनमा नेकपामा केपी ओली निर्विकल्प भनेर तपाईकै पार्टीका नेताहरुले तर्क गरिरहेका छन् भनेर सोधेको प्रश्नमा रावलले भने ‘यो ब्रम्हाण्डपनि निर्विकल्प छैन। मान्छेको कुरा छोड्नुहोस्। य यतातिर जान चाहन्न। तर, अहिलेको यस्तो विषम स्थितिमा कसैले कुनै व्यक्ति नै राज्य हो। या कुनै व्यक्ति नै पार्टी हो भन्ने तर्क दिन्छ भने त्यो तर्क उहिल्यै थोत्रो, युरोपमा नै पराजित भइसकेको तर्क हो त्यो। त्यो तर्कको कुनै अर्थ छैन।

र, जहाँसम्म यदि कसैले साँच्चिकै दाबी गरेको हो भने सरकारले कोरोनाको संक्रमण र महामारीविरुद्ध लड्नभन्दा हामी जनमतसंग्रह नै गर्छौं भन्ने कसैलाई त्यो उखरमाउलो, त्यो अध्यादेश ल्याएजस्तै कसैलाई त्यो जनमतको नशा चढेको छ भने म सबैभन्दा पहिले तपाईको कार्यक्रममार्फत् विनम्रतापूर्वक भन्न चाहन्छु त्यो पहिलो जनमत नेकपाको केन्द्रीय कमिटीमा गरौं। हामी तयार छौं। नम्बर एक, यदि कसैले त्यसले पनि पुगेन, जनतामै जानुपर्ने नगई नहुने साह्रै त्यस्तो तापक्रम चढेको छ भने गरि हेरौं न त।’