कोरोनाबाट बच्न नौ वर्षीय बालकले आविष्कार गरे हात धुने साधन

एजेन्सी, २८ वैशाख । केन्यामा नौ वर्षीय बालकले हात धुने साधन बनाएका छन् । उनको नाम स्टीभन रहेको छ ।स्टीभनले आविष्कार गरेको साधनबाट कोरोना भाइरस सर्ने सम्भावना कम रहेको जनाइएको छ । सरकारले कोरोना भाइरस फैलिएको घोषणा गरपछि आफूले हात धुने साधनको विकास बनाउने निर्णय गरेको बालकले बताएका छन् ।

बालकले टिभीमा मानिसहरुले गाडी बनाएको देखेपछि र विद्यालयको क्षमतामा आधारित पाठ्यक्रमका आधारमा आफूलाई हात धुने साधन बनाउन मन लागेको उनले जनाएका छन् ।

हात धुने साधनका कारण फोहोर सतह छोएको हुनसक्ने हातबाट संक्रमण सर्ने सम्भावना कम हुने बीबीसीमा उल्लेख छ । पानी तान्ने उत्तोलकमा टेक्दा अर्को उत्तोलक माथि सर्छ अनि ट्यांकीलाई धकेल्छ त्यसपछि पानी बाहिर आउँछ । ह्यान्ड स्यानिटाईजरमा पनि ठ्याक्कै त्यस्तै हुन्छ ।

बालक स्टीभनका आमा बुबााका ६ जना सन्तान छन् । उनीहरु पश्चिमी केन्यामा बस्छन् । उनी त्यस्तै धेरै हात धुने साधनहरु ब्नाउन चाहान्छन् । तर उनीसंग पैसा छैन । उनले आफ्नो बाबुलाई पैसा जुटाइ दिनु अझै धेरै हात धुने साधन बनाउँछु भनेका छन् ।