अनेरास्ववियू र युवा संघको माग- सीमानामा काँडेतार लगाऔं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ।आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन्।

ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ र युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखा, सहसंयोजक रमेश पौडेल परराष्ट्र मन्त्रालय पुगेका थिए।

उनीहरूले परराष्ट्र मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भारतले गत कात्तिकमा जारी गरेको राजनीतिक नक्सा खारेजी गर्न माग गरेका छन्।नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालनमा रोक लगाउन पनि उनीहरूको माग छ। उच्चस्तरीय कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न उनीहरूले माग गरेका छन्।