कोरोना संक्रमण : नेपालमा अब छिटो फैलिन सक्ने विज्ञहरुको चेतावनी

जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेपछि अब संक्रमितहरुको संख्यामा चाँडो वृद्धि हुनसक्ने चेता वनी दिएका छन्।शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएपछि नेपालमा संक्रमितको संख्या ११० पुगेको छ। जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन्। निको भएका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल फेरि भर्ना गरिएको छ।

जनस्वास्थ्यविद् डा. सिद्दी अर्यालले अरु देशमा १०० संक्रमितको आँकडा पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले डरलाग्दो परिस्थिति आउनसक्ने आकँलन गरे।

‘अरु देशको उदाहरण हेर्दा १०० पुगिसकेपछि त्यसबाट १५ सय पुग्न ४–५ दिनदेखि एकहप्ताको समय लागेको छ,’ अर्यालले नेपालखबरसँग भने, ‘नेपालमा टेस्ट किटको अभाव र जाँचको परीणाम पनि घट्दै गएकाले झन ड र लाग्दो अवस्था आउनसक्ने देखिएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा १४ हजार ५ सयवटा नमूनाको मात्रै पीसीआर बिधिबाट परीक्षण भएको छ। परीक्षण किट अभावमा विभिन्न ठाउँमा परीक्षण रोकिएको छ।