थप एकमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले सोमवार एक विज्ञप्ति जारी गर्दै सप्तरीका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेधोरी नगरपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।डाक्टर अधिकारीले उनको अवस्था सामान्य भएको जानकारी दिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या १ सय २१ जना पुगेका छन् ।