काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी पहाडीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाँउमा प्रदर्शन भइरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्