लकडाउन थप कडा बनाउन प्रम ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन’लाई अझै कडाइ गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री ओलीले बालुवाटारमा मंगलवार दिउसो बसेको मन्त्रीपरिषद् बैठकका क्रममा प्रम ओलीले अझै कडाइ गर्न निर्देशन दिएका हुन् ।

नेपालमा आज मात्र ५७ जनामा कोरोना संक्रमण देखिएसंगै यस्तो निर्देशन दिएका हुन् । याे संगै नेपालमा १९१ जना काेराेना संक्रमित पुगेका छन् भने ३३ जना निकाे भएका छन् ।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले शुक्रवारबाट काठमाडौंमा भने लकडाउन केही खुकुलो बनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतले आइतवारबाट नियमित काम कारबाही अगाडि बढाइरहेका छन् ।

कोरोना संक्रमण थप भयावह हुनसक्ने भन्दै उनले थप कडाई गर्न निर्देशन दिएका हुन ।उक्त कुरालाई उद्दृत गर्दै प्रम ओलीले आर्थिक गतिविधी भन्दा मानिसको जीवन महत्वपूर्ण रहेकाे बताएका छन् ।

उपत्यकामा लकडाउन खुकुलो भएसँगै सडकमा सवारी चाप बढेकाे देखिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको बताइएकाे छ ।