एकैदिन ८३ थपिएपछि देशभर कोरोना संक्रमितको संख्या २ सय १७ पुग्यो

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा एकैदिन कोरोना भाइरस (कोभिड(१९ ) को संक्रमण पुष्टि भएसँगै एकैदिन ८३ थपिएपछि देशभर कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । .

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उता, पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, वीरगञ्जका दुई जना सञ्चारकर्मि समेत संक्रमित भएको पसष्टी भएका छन् भने एक जनामाथि आशंका गरिएको छ ।नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो।