नेपालमा थप दुई जनालाई कोरोनाको संक्रमण, संक्रमित संख्या २४५ पुग्यो

बिहीवार थप दुई जनामा कोरोना संकमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको चन्दागिरीका ३२ वर्षीय पुरुषमा र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरू दुवै जनाको स्वाव काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।उनीहको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।