लकडाउन दुई हप्ता बढाउने सरकारको तयारी

काठमाण्डौ । सरकारले जारी लकडाउनलाई २ हप्ता बढाउने तयारी थालेको छ । भारतले पनि मे १७ सम्म जारी लकडाउनलाई जूनसम्मै पुर्याउने देखिएको भन्दै नेपालले समेत लकडाउन बढाउनुको विकल्प नरहेकाे मन्त्रालयको ठहर छ ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना सं,क्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई क,डा बनाउने निर्णय गरेको सरकारले जेठ ५ सम्म जारी लकडाउनलाई २ साता बढाउने तयारी थालेको हो ।

यो बीचमा सरकारले आवश्यक सावधानी र सुर,क्षाका उपाय अपनाएर संचालन गर्न दिएका ४४ प्रकारका उद्योगहरुको विषयमा समेत पुनविचार गर्ने तयारी थालेको छ । अवस्था केही सहज भएपछि संचालनको अनुमति दिइए पनि अवस्था केही जटिल बनेपछि ४४ उद्योगकै संचालन अनुमति समेत खारेज गर्ने विषयमा छलफल भइरहेको ती मन्त्रीले जानकारी दिए ।

संघीय सरकारका एक मन्त्रीका अनुसार जेठ ५ गतेसम्म कायम लकडाउन कम्तीमा २ साता बढाउने गरी तयारी थाल्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् । योसँगै जेठ ५ पछि पनि लकडाउन जेठ २० गतेसम्म ल,म्बिनेछ । त्यसपछि सं,क्रमणको अवस्था हेरेर थप निर्णय हुने बताइएको छ ।

नेपालमा लकडाउन खुकुलो पार्दा पछिल्लो समय कोरोना सं,क्रमितको संख्या ह्वा,त्तै बढेको छ । हालसम्म नेपालमा कोरोना सं,क्रमितको संख्या २४६ पुगिसकेको छ । दैनिक रुपमा ठूलो संख्यामा सं,क्रमित फेला पर्न थालेपछि सरकार लकडाउन कडा बनाउने र अवधि ल,म्ब्याउने निश्कर्षमा पुगिसकेको छ ।