अमेरिकामा हरेक दिन एक लाख नयाँ संक्रमित भेटिन सक्ने चेतावनी

अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् ।फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् ।

उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी दिएका छन् ।

अहिलेको समयमा अमेरिकामा हरेक दिन ४० हजार नयाँ संक्रमित देखिएका छन् ।फाउचीले सावधानी नअपनाए अमेरिकाम हरेक दिन एक लाखभन्दा बढी नयाँ संक्रमित भेटिने कुरामा कुनै शंका नभएको उनले बताएका छन् । स्रोतः बीबीसी