सुशान्तको ‘दिल बेचरा’को ट्रेलरले युटुबमा राख्यो नयाँ रेकर्ड

नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भयो । सार्वजनिक भएको एक दिन पनि नवित्दै यो ट्रेलरले युटुबमा नयाँ रेकर्ड राखेको छ ।

चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।

चलचित्रको ट्रेलरमा ५० लाख लाइक आउँदा जम्मा १६ हजार मात्र डिसलाइक आएको छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

फक्स स्टार स्टूडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ । क्यान्सरसँग लडिरहेकी एक यूवती र एक यूवकको विचको प्रेम कथामा चलचित्र बनेको छ । चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छिन् ।