घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

काठमाडौं, २६ भदौ । प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई शान्ति सुरक्षा दिने पदमा बसेका मानिसले नै पदीय दायित्वलाई नै भुलेर आफ्नै घरमा डेरा गरेर बस्ने सामान्य नागरिक माथि दूव्र्यवहार गरेका छन् ।

सई कार्की र उनका बुबा समेतले बौद्धमा रहेको घरमा डेरा गरेर बस्ने सिन्धुपाञ्चोक घर भएर काठमाडौँमा मजदुरी गर्दै आएका विक्रम तामाङलाई कुटपिट गरेका हुन । काठमाडौँमा गाडी चलाउदै आएका विक्रमको कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण आफ्नो रोजीरोटी गुमाए । जसले गर्दा उनी आर्थिक रुपमा कमजोर बने, समयमा भाडा दिन सकेनन् ।

सोही भाडा तिर्न नसकेकाके भन्दै कार्कीका बाबु छोरा नै आएर तामाङलाई लछारपछार पारे । उनीहरुको कुटपिटको कारण तामाङको छाती र जिब्रोमा चोट समेत लाग्यो । त्यतिमात्र नभइ उनीहरुले विक्रमको कोठामा रहेको मोबाइल र उफर समेत लुटे । नेपाल प्रहरी रहेको आँडमा प्रकाश कार्कीले डेरावाला माथि चरम दूव्र्यवहार गरेका छन् ।

६ महिनादेखि रोजीरोटी गुमेका विक्रमले भएपछि भाडा दिन्छु भनेका छन् । तर अप्ठारोमा परेका विक्रमलाई प्रहरी घरबेटीले नै झन् अप्ठारोमा पारेका छन् । खाना खाने समेत पैसा नभएर दिदीको घरमा गएर खाना खादै उनको पीडामा नेपाल प्रहरीको गर्विलो पदमा बसेका घरबेटी कार्कीले सहयोग गर्नुको साटो समस्या नै निम्त्याइदिए ।डेरामा बसेका आफ्ना डेरावालमाथि कुटपिट गर्ने कार्की अहिले भाडा उठाइदिन भन्दै प्रहरीकोमा उजुरी दिन पुगेका छन् ।