कति छ आज नेपाली बजारमा सुनको भाउ

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।