आईजीपी थापाले तोडे प्रहरी कार्यालयमा फोटो झुन्ड्याउने परम्परा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका छन् । आईजीपी आफैंले प्रहरी कार्यालयमा आफ्नो तस्बिर झुन्ड्याउने इच्छा व्यक्त नगरेपछि हाल देशभरका प्रहरी युनिटमा आईजीपीको तस्बिर झुन्ड्याइएको छैन ।

प्रहरी प्रधान कार्यालयका विभिन्‍न कार्यालयमा समेत थापाको तस्बिर राखिएका छैनन् । यसअघि प्रत्येक आईजीपीको तस्बिर उनीहरुको कार्यकालभर देशभरका प्रहरी युनिटमा कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने, “यसअघि सचिवालयबाट कुन साइजको तस्बिर राख्‍ने भनेर परिपत्र नै जारी हुन्थ्यो ।

यसपालि त्यसो भएको छैन।” थापा असार अन्तिम साता आईजीपी नियुक्त भएका थिए। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री आफैंले प्रहरी कार्यालयमा आफ्नो तस्बिर झुन्ड्याउने इच्छा व्यक्त नगरेपछि हाल देशभरका प्रहरी युनिटमा आईजीपीको तस्बिर झुन्ड्याइएको छैन ।