वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज, भदौ २९ गते । वीरगञ्जमा कोरोना भाईरसको संक्रमणको कारण आईतबार थप १ जना महिलाको मृत्यु भएको छ ।वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्जमा उपचाररत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० निवासी ५५ वर्षिय संक्रमित महिलाको आईतबार उपचारकोक्रममा मृत्यु भएको नारायणी अस्पतालका सुचना अधिकृत डा. अतुलेश चौरसियाले पुष्टि गर्नुभयो ।

भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भएर अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना भई उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ५५ वर्षिय संक्रमित महिलाको आईतबार उपचारकोक्रममा राती २ बजेर ५५ मिनट जाँदा मृत्यु भएको डा. चौरसियाले जानकारी दिनुभयो ।

भदौ १२ मा कोरोना अस्पताल भर्ना भई बिगत १६ दिनदेखि उपचाररत ती महिलाको आईतबार राती मृत्यु भएको हो । डा. चौरसियाले भन्नु भयो ‘संक्रमित महिलाका दुवै फोक्सोमा समस्या थियो, श्वासप्रश्वासको पनि समस्या थियो भने शरीरमा अक्सिजन नपुगेको अवस्था थियो । ’

मृतक महिला वीरगञ्ज महाजगरपालिका वडा नम्बर ११ मा रहेको श्रीपुर पिद्यापिठ विद्यालयकी शिक्षिका हुनुहुन्थ्यो । आईतबार राती मृत्यु भएकी संक्रमित महिलासहित हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संखया ४३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।