कोरोना संक्रमणको सबैभन्दा तीव्र वृद्धि भारतमा, दैनिक एक हजारले ज्यान गुमाउँदै

एजेन्सी, २९ भदाै । पछिल्लाे समय लगातार विश्वकै सबैभन्दा सबैभन्दा बढी काेराेना संक्रमित बढिरहेकाे भारतमा अाइतबार पनि ९३ हजारबढी संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ, जसमध्ये सबैभन्दा धेरै भारतमै फेला परेका छन् । त्यसपछि अमेरिका र ब्राजिलमा संक्रमण दर तीव्र देखिएको छ ।

डब्लुएचओकाे रिपोर्ट अनुसार शनिबार पनि भारतमा ९४ हजार ३ सयभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । शनिबार अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेकाे जनाइएकाे छ । अाइतबार भने ती दुवै देशमा याे संख्या घटेकाे छ ।

रिपोर्ट अनुसार पछिल्लाे २४ घण्टाको अवधिमा अमेरिका र भारतमा यही अवधिमा १ हजार हाराहारी मानिसहरूको काेराेनाबाट मृत्यु भएको छ । ब्राजिलमा भने ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ । विश्वभर चाहिँ साे अवधिमा ५५ सयभन्दा बढी मानिसले कोरोनाकै कारण ज्यान गुमाएकाे डब्लुएचओले जनाएकाे छ ।

उक्त रिपोर्टअनुसार गत अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ । यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको विश्वकै सर्वाधिक संक्रमित संख्या हो । पछिल्लाे समय भारतमा दैनिक १००० (औसतमा) जनाकाे काेराेनाकै कारण मृत्यु भइरहेकाे छ ।