पोखरामा कोरोनाबाट ७० वर्षीय पुरूषको मृत्यु

पोखरा : पोखरामा मनिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ९ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार
उनको सोमबार राती ११:२० बजे मृत्यु भएको हो।

क्यान्सरका बिरामी ती पुरूष २५ भदौमा अस्पताल भर्ना भएका थिए । २८ भदौमा उनमा कोरोना पुष्टि भएको थियो । योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ ।