भारतमा एक वृद्धले तीस वर्षसम्म पहाड काटेर बनाए तीन किलोमिटर लामो नहर

एजेन्सी, ३० भदौ । भारतका कोठीलवा गाउँमा बस्ने युवाहरुले कामका लागि आफ्नो गाउँ छोडेका छन् । यस्तै लौगी भुइयाँका छोराले पनि कामको खोजीमा घर छोडे।गाउँ नजिकैको बनगते पहाडमा बाख्रा चराउने क्रममा एक दिन लौंगी भुइयाँको दिमागमा गाउँमा पानी आयो भने युवाहरुको पलायन रोकिन्छ भन्ने सोच आयो। उनमा बाली पनि गाउँमा नै फलाउन सकिन्छ भन्ने सोच आयो ।

वर्षाको दिनमा वर्षा हुन्छ, तर सबै पानी बनगते पर्वतको बीचमा रोकिन्छन् । लौगीले त्यसमा आशाको प्रकाश देखे । त्यसपछि उनी सम्पूर्ण क्षेत्र घुमे र पहाडमा रहेको पानी खेतसम्म ल्याउनका लागि उनले नक्शा तयार पारे। उनी पहाडलाई नहरमा काट्ने काममा जुटे।पाँच र दस बर्ष होइन तीस वर्षको कडा परिश्रमपछि उनले पहाडको पानी गाउँको पोखरीमा लगे। उनले एक्लै तीन किलोमिटर लामो ५ फिट चौडा र तीन फिट गहिरो नहर बनाए।

यस वर्ष अगस्टमा, भुइयाँको यो काम पूरा भएको छ। उनको कडा परिश्रमको प्रभाव यस बरसातमा देखिरहेको छ । नजिकैका तीन गाउँका कृषकहरूले यसबाट फाइदा लिइरहेका छन्, मानिसहरूले यसपटक धानको बालीसमेत उब्जाएका छन्। ७० वर्षीय भुइयाँ भन्छन,’ म एकपटक सोचेपछि पछि त्यसलाई पूरा गरेरै छोड् छु र पछि हट्दिन । त्यसैले म नहर बनाउ सफल भए ।’ बीबीसीको सहयोगमा