उपत्यकामा सवारीसाधनमा जोरबिजोर यथावत, पसल खुल्ने

काठमाडौं उपत्यकामा जारी ‘निषेधाज्ञा’ नाम उल्लेख नगरी लम्ब्याइएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासनले असोज १ देखि अर्काे व्यवस्था नहुन्जेल सम्मका लागि केही क्षेत्रमा प्रतिबन्ध कायमै गरेका छन्। तर, सूचनामा निषेधाज्ञा उल्लेख छैन।

यससँगै प्रशासनले यसअघि लागू गरेको बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ। अब जुनसुकै दिन पनि पसल, व्यवसाय सञ्चालन हुनेछन्। तर, सवारीसाधनमा लागू भएको जोर–विजोर प्रणाली भने कायमै राखिएको छ।