गहना व्यापारीको परिवारका चारजना झुन्डिएको अवस्थामा फेला

एजेन्सी। ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झु’न्डिएको अवस्थामा फेला परेका छन् । घ’टना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो परिवारसँगै बस्दै आएका थिए । प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृ’तक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्र’ताडित गरेका थिए । अन्तत बाध्य भएर आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पो’स्टमार्टमका लागि अस्पतालमा राखिएको छ । फरेन्सिक टिमले पनि चेकजाँच गर्दैछ।

शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोकाढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरुल्े झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झु’न्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए।

प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झु’न्डिएका थिए भने श्रीमती अर्कै कोठामा झु’न्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो । छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही वि’वाद चलेको सुनिएको थियो । तर त्यसपछिका घ’टनाक्रम कसैलाई थाहा भएन।

यशवन्त गहनाको काम गर्थे । मिडिया रिपोर्टमा बताइएअनुसार प्रहरीले सु’साइड नोट पनि फेला पारेको छ। यद्यपी, यसबारे प्रहरीले प्रतिक्रिया दिन अस्विकार गरेको छ । छोराहरुको खुट्टा र आमाको आँखामा पट्टी किन बाँ’धियो भन्ने विषयमा पनि प्रहरीले कुनै सुचनामा बाहिर ल्याएको छैन ।

प्रहरी अनुसन्धानअनुसार यशवन्तले झन्डै एक महिना पहिले आ’त्मह’त्याको प्रयास गरेका थिए । उनले हातको नशा काटेका थिए । यतिबेला परिवारले अस्पताल लगेकाले उनको ज्यान बचेको थियो ।

ऋणले है’रान थियो परिवार

घ’टनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज मा’फियाले उनीहरुलाई प्रा’डित गरिदिएका थिए । त्यसैकारण परिवारले झु’न्डिएर आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको आ’शंका छ।

प्रहरीले यस विषयमा छिमेकीहरुसँग पनि बयान लिएको छ भने केही व्यक्तिहरुलाई छानविनका लागि हि’रासतमै राखेको छ । चारै मृ’तकको शवलाई पो’स्टमार्टका लागि जेएनयु अस्पतालमा राखिएको छ । पहिले उनीहरुको कोरोना जाँच र त्यसपछि पो’स्टमार्टम गरिने अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्।