अमेरिकामा करिब २ लाख कोरोना संक्रमितको मृत्यु

वासिङ्टन : अमेरिकामा करिब २ लाख कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ लाख ९९ हजार ८१७ संक्रमितको ज्यान गइसकेको हो ।

वल्र्डुमिटरका अनुसार अमेरिकामा सोमबार ३८८ कोरोना संक्रमितको ज्यान गएको छ । केही दिनअघिदेखि अमेरिकामा मृत्युदर घटेको छ । शनिबार ६५७ संक्रमितको मृत्यु हुँदा आइतबार सो संख्या घटेर २९४ को मात्र ज्यान गएको थियो ।

यसैगरी सोमबार अमेरिकामा थप ३६ हजार ३७२ संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६८ लाख ३५ हजार ३९४ पुगेको छ । जसमध्ये २६ लाख १५ हजार ९४९ निको भइसकेका छन् ।