उपराष्ट्रपति पुनका सवारी चालक जिउँदो सालकसहित पक्राउ

काठमाडौं । चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक बिक्री गर्न हिडेका दुई जना मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ ।पक्राउ परेका मध्ये ससस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको वा’हालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी ब’लको परिचयपत्र समेत प्रहरीले ब’रामद गरेको छ।