वैवाहिक जीवनमा बाँधिए रमेश प्रसाईं

काठमाडौँ – पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिएका छन्। फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन्। स्थायी घर नै धरान भएका प्रसाईंले परम्परागत विवाह गरेको उनका आफन्तले जनाएका छन्।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्। पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको थियो। सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन्।